पास्टर डिक उडवार्डद्वारा
मिनी बाइबल कलेज (एम.बि.सी.), व्यस्थित बाइबल निर्धारीत पाठ्यक्रम, विशेष गरी अन्तराष्ट्रिय सहकारी सेवाकाई (आई. सी. एम.) द्वारा वितरण गरिन्छ | पास्टर डिक उडवार्डद्वारा बिकाश गरिएको, एम.बि.सी.मा २१५ भन्दा बढी व्यक्तिगत श्रव्य पाठहरू निहित छन्, छापिएका पुस्तिकाहरुद्वारा समर्थन गरिएका छन् | शिक्षामा पुरै पुरानो नियम र नयाँ नियमको सर्वेक्षण र डाँडाको उपदेश, विवाह र परिवारको बारेमा गहिरो अध्ययन समावेश छन् | डिक उडवार्डले भर्जिनिया बीचको भर्जिनिया बीच कमम्यूनइटी चैपअल भर्जिनियामा र विल्लिमम्सबर्ग कमम्यूनइटी चैपअल विल्लिमम्सबर्ग वीएमा बरिष्ट पाष्टरको रुपमा सेवा गरे | १९८२मा पास्टरलाई जब शरिर नै सिथिल पार्ने किसिमको मेरुदण्ड सम्बधि रोग लग्यो तब उनले एम.बि.सी. निर्माण गर्न लागे| जब १९९० को शुरुमा उहाँ सक्रिय रुपमा पाष्टर गर्न सक्नु भएन, पाष्टर उडवार्ड विल्लिमम्सबर्ग कमम्यूनइटी चैपअलबाट सेवा निवृति पाष्टर बन्नु भयो | तथापी, दुवै हात र दुवै खुट्टा नचल्ने व्यक्ति भएर पनि पाष्टर उडवार्डको जीवन द्वारा परमेश्वरको कामलाई रोकेन | उनले निरन्तर लेखि रहे (स्रवन क्रियासिल गरिएको कम्प्युटर सोफ्टवेर द्वारा ), सदुपदेशीय, ब्लग र धेरै मानिसलाई अर्को २० वर्ष सेवा दिए जबसम्म मार्च ८, २०१४ मा परमेश्वरले उनलाई आफ्नो “घर” बोलाउन ठिक ठान्नुभएन| उनको अन्तिम पुस्तक, मार्केट प्लेस डिसिपल्, डिसेम्बर २०१३ मा प्रकाशित भएको थियो |